अहिले सकिनँ, अर्कोपालि पुस्तान्तरण हुन्छ : घनश्याम भुसाल (अन्तरवार्ता) « Khabarhub

अहिले सकिनँ, अर्कोपालि पुस्तान्तरण हुन्छ : घनश्याम भुसाल (अन्तरवार्ता)



काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा महासचिव घनश्याम भुसाल अध्यक्षका दाबेदार थिए। तर सहमतिमा पुरानै नेतृत्व आउँदा माधवकुमार नेपाललाई पार्टी अध्यक्षमा दोहोर्‍याइयो । भुसाल पनि महासचिवमा यथावत् भएका छन् ।

बिहीबारको सहमतिअनुसार सम्मानित नेतामा झलनाथ खनाल कायमै छन् । तीन नेता टुंगो लाग्दा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा पनि सहमति प्रयास भइरहेको छ । केही युवा नेताले भुसाल अध्यक्षमा आउनुपर्ने माग नराखेका होइनन् तर सहमति खोज्दा नेपाल दोहोरिए ।

सहमतिले पार्टी अझै एकीकृत र प्रभावकारी हुने निष्कर्षले नयाँ नेतृत्व आउन नसकेको भुसाल बताउँछन् । पार्टी बचाउँदै केही कुरामा सुधार गरेर अगाडि बढ्नुपर्ने भएकाले नेतृत्वको विकल्प नखोजेको भुसालको दाबी छ। समाजवादीको महाधिवेशन र नयाँ नेतृत्वका सन्दर्भमा महासचिव घनाश्याम भुसालसँग खबरहबले पाँच प्रश्न गरेको छ।

अधिकांश महाधिवेशन प्रतिनिधि चुनावको पक्षमा थिए, तर किन सहमति रोज्नु भयो ?

अहिले मैले भन्न सक्ने भनेको चुनावमा गइएन भन्नै मात्र हो । म अहिले यति मात्रै भन्न सक्छु । सबै परिस्थिति विचार गरेर, छलफलबाट साथीहरूको सुझाव लिएर या निर्णयमा पुगेका हौँ । जहाँसम्म पुस्तान्तरणको कुरा छ, अहिले मुद्दा स्थापित भएको छ । नेतृत्वका कुरा पछि गरौँला भन्ने सोचेर यो निर्णय गरियो । राजनीतिक रूपमा पुस्तान्तरणको मुद्दा स्थापित भएकामा हामी खुसी छौँ । अरू कुरा पछि गरौँला भनेर यो निर्णय लियौँ ।

केही युवा नेताहरू त भुसालले आँट गर्नुभएन भन्दैछन् नि ? खुसी हुनुहुन्छ यो निर्णयले ?

हामीले जुन म्यासेज दिन खोजिरहेका थियौँ, त्यस हिसाबले भनेजस्तो भएन । तर फेरि पार्टी एकता बचाउनु पर्ने थियो । त्यो मेरो जिम्मेवारी पनि थियो । पार्टी महासचिवका हिसाबले मेरो जिम्मेवारी पार्टी बचाएर जनस्तरमा पुर्‍याउने हो । पार्टी बन्न अझै बाँकी छ । यो आन्दोलनको एकजना सदस्यका हिसाबले मेरो दायित्व यही थियो । त्यो काम मैले राम्रोसँग गरेको छु । म बेखुसी छैन । साथीहरूलाई पनि यही भन्न चाहन्छु, अहिले सकिनँ, अर्को पटक पुस्तान्तरण हुन्छ । नयाँ नीति लिएर पार्टी अगाडि बढ्छ । नेतृत्वको टिमले सबैलाई सहयोग गर्छ । र, समाजवादी क्रान्तिको प्रवाहलाई सफल बनाउँछौँ ।

अर्काथरी घनश्यामले महासचिव पद सुरक्षित गर्न बार्गेनिङ गर्नुभएको भन्छन् नि ? तपाईंको विश्वास नै छैन भनेको पनि सुनियो‍‍‍…

म विद्रोहीहरूमध्यको पछिल्लो लिडर हो । पछिल्लो राजनीतिक अवस्थामा र वामआन्दोलनबारे मैले सबै नेताहरूलाई भनेको छु । म एक दिन, दुई दिनको विद्रोही होइन । बितेका २०, २५ वर्षबाट निरन्तर विद्रोही हुँ । पार्टीभित्र, बाहिरका र समाजका सबै विसङ्गति, भ्रष्टाचार र यावत सम्स्यामा विद्रोह हो । मैले विद्रोह गर्दै आएको छु । त्यसो हुनाले कोही एक दिनको विद्रोहीले मलाई त्यसो भने म वास्ता गर्दिनँ । मभन्दा अर्को कोही विद्रोही आएमा सलाम गर्छु । हामी सबै विद्रोही भेला भएर नै सहमति गरेका हौँ, पार्टीको भविष्यका लागि ।

तर यहाँहरूको सहमतिले त पार्टीमा अध्यक्ष, सम्मानित नेता र महासचिवका तीन गुट जन्मायो भन्छन् नि ?

तपाईंमार्फत एउटा कुरा के सुनिश्चित गरौँ भने म कुनै अराजनीतिक गतिविधि, गुटबन्दी र कसैको खुट्टा तान्ने प्रयत्नमा छैन । निजी फाइदाका लागि, निजी पद र लाभका लागि मैले आजसम्म त्यस्तो काम गरिनँ । म ६२ वर्षको भएँ । अब मैले यस्तो बदमासी सिक्न पनि सक्दिनँ । मैले त्यस्ता कुनै गतिविधि नगर्ने प्रतिबद्धता गर्छु ।

जहाँसम्म विचारको कुरा छ, राजनीतिको कुरा छ । म किशोर हुँदा अनरास्वयवियुमा जतिखेर थिएँ, त्यहीँदेखि आफ्ना कुरा उठाउँदै आएको छु । यो दुनियाँलाई थाहा छ, वाम आन्दोलनमा आएका र राजनीतिमा लागेका धेरै मान्छेले बुझेका छन् । त्यसले गर्दा विचारको, सिद्धान्तको, मूल्यहरूको कुरा मैले हिजो जसरी उठाउँथे, आज पनि म उठाइरहन्छु ।

पार्टीमा नयाँ कार्यदिशासहितको प्रतिवेदन पेश भएको छ । अर्को कुरा १२ वटा समूहको छलफलमा सबैले सहमतिमा नेतृत्व आउनुपर्छ भन्नु भएको छ । प्रतिनिधिको भावनालाई हामीले प्रतिविम्बित गरेका हौँ । हामीले पास गरेको नीतिले आउने दिनमा हजारौँ नेता जन्माउने छ । आउने दिनमा यो नेतृत्वले नयाँ नेतालाई पार्टी सुम्पिन्छ ।

नयाँ कार्यदिशाले अर्को पटक नेतृत्व हस्तान्तरण हुन्छ त ?

सामान्यतः मैले भन्दा माधव कमरेड र झलनाथ कमरेडबिनाको मैले समाजवादी पार्टी बनाउन खोजेको होइन । उहाँहरूबिना नेकपा एकीकृत समाजवादी रहँदैन । उहाँहरूबिनाको पार्टीको मैले परिकल्पना गर्दिनँ । उहाँहरूलाई आजभन्दा बढी सम्मानका ठाउँमा राखेर खास गरी योजना निर्माणको कुरा र त्यसको कार्यान्वयनको कुरा लिएर हामी जान्छौँ भन्ने कुरा मैले उठाएको हो । त्यो कुरा मैले स्वयम् उहाँहरूलाई र हललाई बुझाउन सकिनँ भन्ने लाग्छ । त्यसअर्थमा यो मुद्दा जहिले स्थापित गर्छौँ, त्यहीबेला हामी अर्को स्टेपमा पुग्छौँ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : १३ बजे

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च