शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सबैको सहयोग चाहिन्छ : मन्त्री श्रेष्ठ  | Khabarhub Khabarhub

शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सबैको सहयोग चाहिन्छ : मन्त्री श्रेष्ठ 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्न नहुने भन्दै यसका लागि राजनीतिक दलको सहयोगको आवश्यकता रहेको बताइन् ।

उनले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रूपमा आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् ।  उनले कमजोर देखिएका विद्यालयको शैक्षिक सुधारमा जोड दिँदै बजेट तर्जुमा गरिएको जिकिर गरिन् ।

मन्त्री श्रेष्ठले भौतिक निर्माणमा काम गर्ने श्रमिकहरू भारतबाट आउने गरेको भन्दै यसमा नेपालीलाई प्राथमिकता दिने हो भने विद्यार्थीलाई काम पनि सिकाउने र श्रम पनि गराउन सकिने धारणा राखिन्।

उनले सिटिइभिटीको पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको बताइन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ५० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय