प्रचलित कानूनविपरीत निलम्बन गरियो : मुकुल ढकाल « Khabarhub

प्रचलित कानूनविपरीत निलम्बन गरियो : मुकुल ढकाल


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बन गरिएको आरोप लगाएका छन् ।

ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

ढकालले विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराशयपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्- स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर, स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ?

राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिई कारबाही गर्न दिँदैन । तर राज्यको प्रचलित कानून विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको, र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुन पर्नेमा, त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्धति धेरै केलाउनको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु   । विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराशयपूर्ण छ, अलोकतान्त्रिक छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : २१ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल