भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने  « Khabarhub

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि जर्मन राजदूत डा. फिलिप एकरमानले यस पटक भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने जनाएका छन् ।

डब्लूआईओएनसँगको कुराकानीका क्रममा राजदूत एकरमानले बैठकमा भारतीय प्रधानमन्त्रीका साथै जर्मन चान्सलर पनि सहभागी हुने उल्लेख गरे ।

साथै बैठकमा दुवै मुलुकका मन्त्रीहरूसहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने उनको भनाइ छ । मिति तय नभइसके पनि यही वर्षको अक्टोबर महिनामा उक्त बैठक डाक्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

पछिल्लो समय सन् २०२२ मा जर्मनीको राजधानी बर्लिनमा उक्त बैठक बसेको थियो । यस्तो बैठक दुई दुई वर्षमा बस्दै आएको छ ।

कुराकानीका क्रममा उनले भारतमा व्यापारको वातावरणमा सकारात्मक सुधार आइरहेको पनि उल्लेख गरे । भारतमा रहेका ८० प्रतिशतभन्दा धेरै जर्मन कम्पनीले लगानी बढाउने तयारी गरिरहेको पनि उनको भनाइ छ

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ५९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर