नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सब-इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूसँग जनही १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

आर्थिक वर्ष २०७७/७८ मा नवराजपर गाउँपालिका-२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए।

बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो।

उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भर्पाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए।

सो कार्यमा उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल, वडा नं. २ का  तत्कालीन वडाध्यक्ष खुसिलाल साहको मिलेमतो देखिएपछि उनीहरूविरूद्ध पनि मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ०८ बजे

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न

एमालेको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा

नेपालमा फिल्म छायांकन गर्दा झन्डै ज्यान गुमाएका अमिताभ बच्चन, सुनाए डरलाग्दो घटना

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले

कर तिर्नु असल नागरिकको पहिचान

दाङ– उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु