सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ « Khabarhub

सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेँलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङ सहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : १० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा