म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले « Khabarhub

म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा नरहेको बताएका छन् ।

काठमाडौंको कमलादीमा जारी समाजवादीको दशौँ महाधिवेशनमा सहभागी नभएर भारत घुम्न गएका आलेले आफू पार्टीमा सक्रिय नरहेको बताएका हुन् ।

असार १६ गतेदेखि सुरु भएको दशौँ महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने घोषणा गरेका हुन् ।

‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा बस्दिनँ भनेको थिएँ’, उनले भने, ‘अब म त्यो पार्टीमा रहन्नँ, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने केही सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी रहेको भन्दै कटाक्ष गरे । ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ’, उनले भने ।

शुक्रबार नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम राखिएको छैन । काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदा पूर्वपर्यटनमन्त्री आले भारतमा घुमघाम गरिरहेका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको