सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय « Khabarhub

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।

क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

त्यस्तै ग्रेड ‘बी’ मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

ग्रेड ‘डी’ मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ३४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी