अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय | Khabarhub Khabarhub

अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरेको जनाएको छ ।

बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

क्यानले भनेको छ- ‘एसीसीको कार्यक्रमअनुसार जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा सञ्चालन हुने वुमन्स टी-२० एशिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल:काठमाडौँमा सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविर दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टीम व्यवस्थापक र टीम प्रशिक्षक माथि गरेको अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरियो ।’

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ०३ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड