अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा « Khabarhub

अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख २१ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् ।

गत वैशाख ३१ गते मन्त्री बनेका जनता समाजवादी पार्टीका दुईजना मन्त्री  र एकजना राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

जसपा नेता एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खातुनले प्रधानमन्त्रीलााई राजीनामा बुझाएका हुन् ।

यादव, सुडी र खातुनले राजीनामा बुझाएसँगै अशोक राई नेतृत्वको जसपाले प्रचण्ड ने‍तृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राई नेतृत्वको जसपामा संघीय संसद्‍मा ७ सांसद रहेका छन् ।

यसअघि बुधबार नेकपा एमालेले पनि समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परिसकेका छन् । एमालेले शुक्रबार संसद् सचिवालयलाई पत्र लेख्दै अब प्रतिपक्षका रुपमा संसद्‍मा बस्ने जानकारी दिइसकेको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : १४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल