भोटेकोशी जलविद्युत‍को ढलान खस्दा दुई मजदुर पुरिए, १० जना घाइते « Khabarhub

भोटेकोशी जलविद्युत‍को ढलान खस्दा दुई मजदुर पुरिए, १० जना घाइते


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजना-१ को ढलान खस्दा दुईजनान कामदार पुरिएका छन् ।

उक्त आयोजनामा निर्माणाधीन डिसेन्डर कभर स्ल्याब भत्किएर खस्दा अन्य १० जना मजदुर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले ड्यामतर्फ पानी जाने पट्टीको ढलान खस्दा १० जना मदजुर घाइते भएका बताए।

उनका अनुसार पुरिएका दुई जना मजदुरलाई निकाल्ने कोसिस भइरहेको छ ।

ढलान खसेर पुरिँदा गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलिखेल र काठमाडौं पठाउने तयारी भइरहेको  छ ।

घाइते १० जनाको अहिले बाह्रबिसेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको