वैतेश्वरमा सडक मर्मतका लागि १६ जना हेरालु | Khabarhub Khabarhub

वैतेश्वरमा सडक मर्मतका लागि १६ जना हेरालु


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले बर्खायाम सुरु भएसँगै सडक संरक्षण गर्न सडक हेरालु परिचालन गरेको छ। वर्षाद्को समयमा पालिकाभित्रका मुख्य मुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरीएको हो ।

गाउँपालिकाले पालिकाभित्रका प्रत्येक वडामा दुई जनाका दरले  १६ जना सडक हरालुको व्यवस्था गरिएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।सडक मर्मत संहार र हेरचाहका लागि हेरालु परिचालन गरेको अध्यक्ष लामाले बताए ।

बर्खा लागेसँगै सडकमा बग्ने भल तथा ससाना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्य मुख्य ग्रामीण सडक मर्मत संहार गर्न सके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्यूनीकरण गर्न सकिने  भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले मुख्य मुख्य ग्रामीण सडकमा काम गरेबापत हेरालुलाई दिनको ६ सय ६८ रुपैयाँ ज्याला पाउने वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए ।

पालिकाले गत असार १० गते बसेको कार्यपालिका बैठकमा निर्णय गर्दै पहिलो चरणमा अत्यधिक वर्षा हुने असार, साउन र भदौसम्मको लागि हेरालु पहिचान गरेको हो ।

वर्षा लम्बिए पुनः हेरालुको समय थप गर्ने जनाएको छ। पालिकाले नियुक्त गरेका सबै सडक हेरालुले पालिकाअन्तर्गत रहेका मुख्य वडागत सडकको नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा पानी बग्न नदिने, झाडी–झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका कार्य गर्ने उनले बताए ।

– सुबास बस्नेत

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ४० बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।