मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी « Khabarhub

मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।

घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ ।

ग्यास चुहावटका पीडितहरूलाई चक्कर आउने वाकवाकी लाग्नेलगायतका समस्या भएको स्थानीय उद्धार अधिकारी मुहम्मद नूर खैरी सामसुमिनले विज्ञप्तिमा उल्लेख गरे ।

अधिकारीले एक बिरामीलाई अस्पतालमा भर्ना गरिएको र  अन्य १४ जनालाई उपचारका लागि एयर डिजास्टर युनिटमा लगिएको बताएका छन् ।

प्रभावित व्यक्तिहरू सबै उक्त स्थल प्रयोग गर्ने तीन वटा कम्पनीमा कार्यरत छन् ।

अधिकारीका अनुसार सार्वजनिक सुरक्षामा कुनै खतरा बढेको छैन भने घटनाले यात्रु वा उडानलाई असर पनि गरेको छैन । प्रहरीका अनुसार नौ वर्षदेखि बेवास्ता गरिएको स्किड ट्याङ्क ग्यास चुहावटको स्रोत थियो ।

मुहम्मद नूरका अनुसार चुहावट भएको ग्याँस मिथाइल मर्काप्टानको रूपमा पहिचान गरिएको थियो र तरल पेट्रोलियम ग्यासमा मिसाइन्छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया