मेची भन्सारबाट भेनियर पत्ताको निर्यात बढ्यो « Khabarhub

मेची भन्सारबाट भेनियर पत्ताको निर्यात बढ्यो


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा ५० करोड २४ लाख चार हजार रुपैयाँको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक हजार दुई सय ५७ प्रतिशत बढी भेनियर पत्ता निर्यात भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गत आव २०७९/८० को जेठ मसान्तसम्ममा तीन करोड ७० लाख १४ हजारको भेनियर पत्ता निर्यात भएको थियो ।

नेपाल भेनियर उत्पादक सङ्घका महासचिव दिनेश शाक्यका अनुसार भारतमा माग उच्च भएपछि नेपालबाट प्लाइउड बनाउन आवश्यक पर्ने मुख्य कच्चापदार्थ भेनियर पत्ताको निर्यात बढेको हो । ‘केही वर्ष पहिले भेनियर पत्ताको व्यापार नेपालमा मात्रै हुने गर्थ्याे, यहाँ आर्थिक मन्दी सुरु भएसँगै भेनियर पत्ताको व्यापार भारततर्फ बढ्दा किसानलाई लाभ मिलेको छ’, महासचिव शाक्यले भने ।

पहाड तथा तराई क्षेत्रको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, चिलाउने, कदम, पिठारो, मलातो, मौवालगायत रूखका काठलाई कच्चापदार्थका रूपमा प्रयोग गरी उद्योगले भेनियर पत्ता उत्पादन गरिरहेको भेनियर उत्पादक सङ्घका महासचिव शाक्यले बताए । उनले भने, ‘भेनियर पत्ता निर्यातबाट दैनिक लाखौँ राजस्व बुझाउने उद्योगलाई सरकारले निर्यातमा सहुलियत दिन सक्यो भने निर्यात बढ्न गई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।’

नेपाल भेनियर उत्पादक सङ्घका अनुसार हाल नेपालमा एक सय ८० भन्दा बढी भेनियर उद्योग सञ्चालनमा छन् जसले ८० हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष/परोक्ष रूपमा रोजगारी उपलब्ध गराएका छन् ।

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ०७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले