टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी | Khabarhub Khabarhub

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा सरेको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हनुमान ढोकाबाट टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा बसेको प्रहरी परिसर शनिबार भद्रकालीस्थित आधुनिक नयाँ भवनमा सर्न लागेको हो ।

अबदेखि भद्रकालीस्थित जग्गामा भवन निर्माण पूरा भएपछि शनिबार स्थानान्तरण हुने भएको हो । शनिबार सरेपछि आइतबारदेखि त्यहीँबाट काठमाडौं प्रहरीले काम थाल्नेछ ।

आफ्नै भवन नहुँदा काठमाडौं प्रहरी निगमको पुरानो भवनमा बस्दै आएको थियो । परिसरमा कार्यरत प्रहरीहरू लामो समय त्रिपालमुनि बसेका थिए ।

पुरानो भवनमा बस्दा कष्टपूर्ण रुपमा कार्यालय सञ्चाल गरेको परिसरका लागि सरकारले आधुनिक नयाँ भवन बनाइदिएको हो ।

कृषि विकास बैंकको पछाडि १५ रोपनी जग्गामा परिसरको भवन बनेको हो । आठतले यो भवन ८० करोड रुपैयाँमा तयार भएको हो । यो भवनसहितका संरचना ६ रोपनी क्षेत्रफलमा छन् ।

यो भवनमा लिफ्ट सुविधा पनि छ । यस भवनको नेपाल प्रहरीका प्रमुख प्रमुख वसन्त कुँवरले उद्घाटन गर्दैछन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले आइतबारबाटै यो भवनबाट काम थालिने बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : १७ बजे

अर्थसंक्षेप : मौद्रिक नीति खुकुलो आउन नहुने अर्थविद्को भनाइ, भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशतमात्रै

काठमाडौं– अर्थविदहरुले राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउन नहुने बताएका

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई

भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको

हे भगवान् ! रास्वपाको रक्षा गर !

काठमाडौं-  मानिसहरुले वास्ता नगरेको नेपाली राजनीतिले एउटा सामान्य सिद्धान्त बनाइरहेको

बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव

काठमाडौं–  मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक तथा