धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु    « Khabarhub

धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु   


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरमा धामी झाँक्री हेर्न आएका समूहको कुटपिटबाट १ जनाको मृत्यु भएको छ । ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।

फिदिम नगरपालिका– १४ मा बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका दिनेशकुमारको सामूहिक कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले खबरहबलाई बताए ।

उनका अनुसार दुई समूहको झगडाबाट एक जनाको मृत्यु भएको हो । के कारणले झगडा सुरु भएको भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी बस्ने कार्यक्रम भएको थियो ।

बिहीबार साँझ राति धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका दिनेशसहित २८ वर्षीय परशुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेतलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए ।

साहका अनुसार कुटपिट गरी हत्यासम्म भएको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

अभियोगमा १ फिदिम नगरपालिका १२ बस्ने वर्ष ३७ को दिनेश मगर, सोही नगरपालिका १३ का २६ वर्षीय विजय लिम्बु र १४ बस्ने वर्ष २८ को सुशील राईलाई पक्राउ गरिएको हो ।

साहाका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ३९ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६