हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध | Khabarhub Khabarhub

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

नेपालगञ्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरेपनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको उनको भनाइ छ ।

आज बेलुकाबाट वर्षा सुरु भएको छ । हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन् ।

सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन् । नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिनभरी विमान कुरेर फर्कने गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : १४ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार