एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ « Khabarhub

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल एपिएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीलाई आज बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरुलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकाना दिएका छन् ।

समारोहमा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेलमैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पु¥याउन सकिने बताए । उनले खेलाडीहरुको वृत्तिविकासका लागि सङ्गठन सदैव तत्पर रहेको बताए ।

बिदाइ हुने खेलाडीमा सीता रानामगर, राजमती ऐरी, इन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ४४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर