पत्रकार महासंघको निर्वाचन पुनः स्थगित | Khabarhub Khabarhub

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः स्थगित भएको छ ।

शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जनाएको हो । सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’

यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ०५ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय