भोटखोलामा चार दिनदेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालन « Khabarhub

भोटखोलामा चार दिनदेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालन


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।

गत बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो ।

चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताए ।

विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको उनले जानकारी दिए ।

चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड्कँदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ ।

अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् ।

विद्युत सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलार पावरका भरमा चल्ने गरेको छ । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हुरीबतास र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : ०७ बजे

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको

एउटै फिल्ममा फेरि देखिँदै प्रदीप खड्का र पल शाह, ‘उही तिम्रो’को शुभमुहूर्त

काठमाडौं– नेपाली फिल्मका दुई लोकप्रिय अभिनेता प्रदीप खड्का र पल

करेसाबारीको फूलबाटै तिहार खर्चको जोहो, किसान भन्छन्- १० बोटले नै दुई हजार पाइयो

महोत्तरी- तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का