प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल « Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हवाई सुरक्षाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टीका नेताहरूका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवाले हवाई सुरक्षाका बारेमा छलफल गरेका हुन् ।

छलफलमा सहभागी सांसद उदय शमशेर राणाका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आइकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी दिएको बताए ।

उनले हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले जिम्मेवारी नलिने प्रवृत्तिप्रति ध्यानाकर्षण गराइएको पनि बताए ।

‘नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा प्रधानमन्त्रीज्यूसँग हामीले छलफल गरेका छौँ,’ सांसद राणाले भने, ‘हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

प्रधानमन्त्री ओलीसँग छलफल गर्न सभापति देउवासँगै सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाईँ, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाईँ, राजन केसीलगायत बालुवाटार गएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ११ : २३ बजे

पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य

ढाका– मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ

काठमाडौं- बाराको सिमरामा बुधबार कर्फ्यू लगाउनु पर्ने तनावपूर्ण अवस्थालाई लिएर

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 

काठमाडौं–  नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार