प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल « Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हवाई सुरक्षाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टीका नेताहरूका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवाले हवाई सुरक्षाका बारेमा छलफल गरेका हुन् ।

छलफलमा सहभागी सांसद उदय शमशेर राणाका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आइकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी दिएको बताए ।

उनले हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले जिम्मेवारी नलिने प्रवृत्तिप्रति ध्यानाकर्षण गराइएको पनि बताए ।

‘नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा प्रधानमन्त्रीज्यूसँग हामीले छलफल गरेका छौँ,’ सांसद राणाले भने, ‘हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

प्रधानमन्त्री ओलीसँग छलफल गर्न सभापति देउवासँगै सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाईँ, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाईँ, राजन केसीलगायत बालुवाटार गएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ११ : २३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल