प्राविधिकहरूको टोलीसहित ‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री « Khabarhub

प्राविधिकहरूको टोलीसहित ‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फाष्ट ट्रयाक अनुगमनमा निस्किएका छन् ।

प्राविधिकहरूको टोली लिएर अर्थमन्त्रीसहित ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण थालेका हुन् ।

प्रधानमन्त्री ओली सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली लिएर फाष्ट ट्र्याकको निरीक्षणमा निस्किएका हुन् ।

फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ । मुख्य सल्लाहकार रिमालका अनुसार ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाइ र कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ११ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५