प्रभुको खुद नाफा १४९९ प्रतिशतले बढ्दा नबिलको ७ अर्ब पुग्यो, अन्यको कति ? | Khabarhub Khabarhub

प्रभुको खुद नाफा १४९९ प्रतिशतले बढ्दा नबिलको ७ अर्ब पुग्यो, अन्यको कति ?


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रभु बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ भने नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको देखिन्छ । 

समग्रमा २० वाणिज्य बैंकहरुले औसतमा १३.४० प्रतिशत खुद नाफा बढेको सार्वजनिक अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २० वाणिज्य बैंकहरुले ५८ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । आर्थिक वर्ष २०८०-०८१ मा भने १३ प्रतिशतले खुद नाफा वृद्धि भएर ६२ अर्ब ७१ करोड ५३ लाख ८३ हजार पुगेको छ । 

आ.व. ७९-८० मा प्रभु बैंकको नाफा २८ करोड २ लाख १९ हजार रहेकोमा गत आवको अन्यमा १४९९.०४ प्रतिशतले वृद्धि भएर ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा पुगेको छ । योसँगै नाफा वृद्धि हुने वाणिज्य बैंकमध्ये प्रभु पहिलो स्थानमा समेत रहेको देखिएको छ ।

नाफा वृद्धि गर्ने पहिलो स्थानमा प्रभु भएपनि नाफा कमाउने पहिलो स्थानमा भने नबिल बैंक रहेको छ । गत आवको चौथो त्रैमासमा नबिलले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अन्य सबै वाणिज्य बैंक भन्दा बढी हो । नबिलले अघिल्लो आवको तुलनामा १०.२३ प्रतिशत बढीले नाफा कमाएको हो । 

२० वाणिज्य बैंकहरु मध्ये १० वाणिज्य बैंकको नाफा वृद्ध भएको छ भने अन्य १० को नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा बढी नाफा घटेको छ । आव ०७९-०८० मा एनआईसीको खुद नाफा ४ अर्ब ४४ करोड ४७ लाख ६९ हजार रुपैयाँ कमाएकोमा गत आवमा ६८.९१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ मात्र पुगेको छ । 

सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंको नाफा घटेको छ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले आव ७९-८० मा ३ अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । 

त्यस्तै माछापुच्छ्रेको २३.०९ प्रतिशतले, सिटिजनको २९.९७ प्रतिशतले, नेपाल बैंकको ५१.८० प्रतिशतले, एनएमबिको २७.४९ प्रतिशतले, सानिमाको ८.५९ प्रतिशतले, सिद्धार्थको ४.७८ प्रतिशतले राष्ट्रिय वाणिज्यको ५.४८ प्रतिशतले र ग्लोबल आईएमईको १०.१३ प्रतिशतले नाफा घटेको छ ।  

साथै, एनआईएमबीको ३९.७१ प्रतिशतले, प्राईमको २६७.१९ प्रतिशतले, एभरेष्टको १०.०७ प्रतिशतले, कृषि विकास बैंकको १७६.२३ प्रतिशतले, लक्ष्मी सनराइजको ३२.७९ प्रतिशतले, हिमालयनको ८१.६० प्रतिशतले, कुमारीको ३४५.६७ प्रतिशतले र नेपाल एसबीआई बैंकको २.३५ प्रतिशतले खुद नाफा वृद्ध भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ०६ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको