बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उडिन् भारतको अगरतला  | Khabarhub Khabarhub

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उडिन् भारतको अगरतला 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् । 

बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।
शेख हसिना उडेको हेलिकप्टरमा उनकी बहिनी शेख रेहना पनि साथमा रहेकी बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । 

उनीहरु सरकारी सेवामा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३६ बजे

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व

आगलागीबाट सात लाख बढीको क्षति

बैतडी – यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा आज

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर – पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल

नागरिकको सहजताका लागि अध्यादेश : एमाले

काठमाडौं – नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा