काभा महिला भलिबल : नेपालले माल्दिभ्सलाई हरायो « Khabarhub

काभा महिला भलिबल : नेपालले माल्दिभ्सलाई हरायो


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँकाभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५-८, दोस्रो सेट २५-१९ र तेस्रो सेटमा २५-१८ ले पराजित गर्‍यो । नेपाल समूह चरणको अंक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलंका र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अंक तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे। नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

अर्को सेमिफाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो । 

भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतको सामना गर्नेछ भने साँझा ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।