शेख हसिना सवार जहाज उत्तर प्रदेशको गाजियाबादमा अवतरण | Khabarhub Khabarhub

शेख हसिना सवार जहाज उत्तर प्रदेशको गाजियाबादमा अवतरण


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज भारतको उत्तर प्रदेशमा अवतरण गरेको छ ।

भारतीय प्रतिष्ठित अनलाइन इन्डिया टुडेका अनुसार बंगलादेशी सेनाको यो जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको हो ।

यो जहाज भारतको राजधानी नयाँदिल्लीमा अवतरण गर्ने बताइएको थियो । तर कडा सुरक्षाबीच उत्तर प्रदेशको गाजियावादस्थित भारतीय सेनाको हिन्डन एयर बेसमा अवतरण गरेको हो।

ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो । तर उनी सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको गाजियावादमा अवतरण गरेको हो ।

भारतीय एयरफोर्सका वरिष्ठ अधिकारीले शेख हसिनाको स्वागत गरेका छन् । शेख हसिनालाई बोकेको सी १३० जे विमान दिल्ली नगई सेनाको एयरबेसमा बसेको हो ।

एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका थिए ।

समाचार अनुसार बंगलादेशकी निवर्तमा प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी र परिवारका सदस्य जहाजमा सवार थिए । बंगलादेश वायुसेनाको विमानबाटै उनले देश छाडेकी हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : २१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका