सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु « Khabarhub

सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । 

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए । यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसँग छलफल पनि गर्दै जाने उनले जानकारी दिए । 

त्यस्तै उनले सहकारी रकम हिनामिना आरोपित सम्बन्धित सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसँग समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए। 

बिभिन्न निकायबाट माग गरेका तथ्य-तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।  

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : ३७ बजे

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको