शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक « Khabarhub

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईले आज सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गरेका छन् ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै पालिकाले अब त्यसलाई कडाइका साथ कार्यान्वयन गरिने उनले सूचित गरेका छन् ।

उनले शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको वा नवीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरेका छन् ।

पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : ११ बजे

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम