आज २०८१ साल भदौ २० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २० गते बिहीबारको राशिफल


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर ५ तारिख। भाद्र शुल्क पक्षको द्वितीया तिथि। तीजको दर खाने दिन। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शिक्षामा गरेको लगानीबाट उत्साह बढ्नेछ। दक्षिणको लामो यात्रा नजानु राम्रो हुनेछ। खानेकुरामा अरुची हुँदा स्वास्थ्यमा समस्या थपिनेछ। न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। पारिवारमा प्रेम बढ्नेछ।

वृष : राजनीतिमा झुकाब रहनाले तपाईंको स्थान सुरक्षित रहने दिन छ। बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। सामाजिक काममा भने आलोचना बढ्नेछ। ।

मिथुन : नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। पारिवारमा भने मनमुटाव हुनेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना हुने दिन छ। पारिवारिक साथ सहयोग मिल्नेछ। बिहानै पन्छीलाई खानेकुरा दिए दिन सहज हुनेछ।

सिंह : नाम र दाम जुट्ने दिन छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। तपाईं कुरा काट्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। इच्छा अनुसारको काम नहुँदा दोधार बढ्नेछ। आफैले निर्णय गरेर कामबाट सफलता मिल्नेछ।

कन्या : आफूले गरेको श्रम लगानीबाट मनमा शान्ति मिल्नेछ। घरमा पाहुनाको आगमन बढ्नेछ। धार्मिक व्यक्तिसँग अन्तरक्रिया हुनेछ। आफन्तसँगको भेटमा मन प्रशन्न हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

तुला : अनुत्पादक क्षेत्रमा गरेको लगानीले मनमा पीडा हुनेछ। आफ्नो निजी काममाभन्दा समाजसेवामा समय बित्नेछ। समाजसेवामा सक्रिय बन्दा परिवारमा टकराब हुनेछ। बौद्धिक कला र संस्कृतिको क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

वृश्चिक : कर्मस्थानमा बलिया ग्रहको उपस्थिति भएकाले अप्ठेरो काम अरुबाट समाधान हुनेछन्। आफ्ना ऐच्छिक कामबाट नाम, दाम र सम्मान हुँदाहुँदै मनमा अनावश्यक चिन्ता बढ्नेछ। शनिदेवको शान्तिका लागि गणेशको चिन्तन गर्नु राम्रो हुनेछ।

धनु : तपाईंका विरुद्ध संगठित साथीहरु आज आफै विभाजित हुनेछन्। जसले गर्दा तपाईंलाई कसैले अवरोध गर्न नसक्ने देखिन्छ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण हुँदा मन शान्त हुनेछ।

मकर : तपाईंले आज निजी काममा बाधा र विरोधको सामना गर्नुपर्ने हुनसक्छ। सञ्चित धन खर्च हुने योग छ। मन अशान्त रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा हरेक काममा मेहनत गर्नुपर्ने दिन छ।

कुम्भ : मध्यसाढेसाती शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। व्यवहारिक बोझले सताउने योग छ। जन्मकुण्डलीमा शनि लग्नबाट ३, ६ र ११ औं स्थानमा बसेमा ठुलो प्रगति हुनेछ। परिवारको वातावरण भने शान्त बन्नेछ।

मीन : मान र सम्मानमा वृद्धि हुनेछ। सेवामूलक कार्यमा मन रमाउने छ। सञ्चित धन खर्च गर्नुपर्ने काम आइलाग्नेछ। परिवारले भने अप्ठेरोमा साथ र सहयोग गर्नेछन्। बिहान गणेश भगवानको भजन सुनेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ५९ बजे

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न

नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती 

काठमाडौं– नेपालीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा दोब्बर बढी नुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई

साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश

पोखरा – कास्की जिल्लामा साबिक नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न