प्रचण्डको आग्रह- सत्ताधारी नेता ‘जनयुद्ध’विरुद्ध बोल्न थाले, भण्डाफोर गरौँ « Khabarhub

प्रचण्डको आग्रह- सत्ताधारी नेता ‘जनयुद्ध’विरुद्ध बोल्न थाले, भण्डाफोर गरौँ


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको उल्लेख गर्दै यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

जनयुद्धलाई ‘हिंसा’को रुपमा व्याख्या गर्न थालिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन् ।’

उनले प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालझेललाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्ने बताए ।

जनयुद्धका महान शहीदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

पटकपटक शहीद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका शहीदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर शहीदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका शहीदले राष्ट्रिय शहीदको मान्यता प्राप्त गरेको जानकारी गराए ।

त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टीआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ११ : २७ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा