धार्मिक पर्यटनका लागि सुदूरपश्चिम महत्वपूर्ण क्षेत्र : मन्त्री पाण्डे  | Khabarhub Khabarhub

धार्मिक पर्यटनका लागि सुदूरपश्चिम महत्वपूर्ण क्षेत्र : मन्त्री पाण्डे 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा निकै महत्वपूर्ण र धनी रहेको बताएका छन् ।

आज सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय रूपमा धनी भए पनि राज्यबाट पछि परेको बताए । उनले मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको उल्लेख गरे । मन्त्री पाण्डेले यस क्षेत्रको विकास लागि राजनीति दल र सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने बताए ।

मन्त्री पाण्डेले पाँच सय भन्दा बढी पर्व र १३० वटा भाषा भएको उल्लेख गर्दै भाषा सभ्यता, संस्कृति, भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।

संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सके देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकीकरणका आधारमा अघि बढ्ने समेत बताए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : २१ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग