अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप « Khabarhub

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले रूसमाथि सन् २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । उसले निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोपमा रूसका सरकारी सञ्चार माध्यममाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गर्न अभियान नै सञ्चालन गरेको दाबीसमेत गरेको छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रूसका सरकारी सञ्चारमाध्यम आरटी (रशियन टुडे) ले रूसी सन्देश बनाउन तयार गरेर अमेरिकी दर्शकसम्म पुर्‍याउनका लागि टेनेसीको एक फर्मलाई एक करोड़ डलर दिएको दाबी गरेका छन् । 

अमेरिकाले आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानसहित १० जना रूसका सरकारी सञ्चार माध्यमका पत्रकारहरू माथि प्रतिबन्ध लगाएको बीबीसीमा समाचार प्रकाशित छ । 

तर, रूसी सरकारी सञ्चार माध्यम आरटीले अमेरिकाद्वारा लगाइएको आरोप अस्वीकार गरेको छ । अमेरिका अधिकारीहरू आरटीसँगै रूसका अन्य सरकारी मिडियाले आप्mना गलत गतिविधीहरुको समर्थनका लागि अमेरिकी इन्फ्लुएन्सर्सहरुलाई गोप्य रूपमा भर्ना अभियान चलाएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १२ : ३० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच