अफ्रिकालाई ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता « Khabarhub

अफ्रिकालाई ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बेइजिङमहामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे। 

सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी भएका छन् । 

अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । 

बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्‌घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भने । 

‘चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ’, उनले भने, ‘आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन (५० अर्ब ७९ करोड डलर) को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।’

उनका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लागी प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि वाचा गरे । 

बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए। 

‘गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ’, उनले भने । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ०७ बजे

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको

खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

खोटाङ – प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको

समानुपातिकतर्फ रास्वपाले छलाङ मार्दा श्रम संस्कृति बन्यो राष्ट्रिय दल, राप्रपा पनि अब निश्चित

काठमाडौं– निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा

लज्जास्पद पराजयपछि सभापतिबाट राजीनामा दिने तयारीमा गगन, विश्वप्रकाशको सुझाव : अहिले हतार नगरौँ

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नेपाली कांग्रेसका सभापति गगनकुमार