‘देवी’को प्रिमियरमा कसले के भने ? « Khabarhub

‘देवी’को प्रिमियरमा कसले के भने ?


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘देवी’को रेडकार्पेट प्रिमियर शो सम्पन्न भएको छ । कमलपोखरीस्थित एक हलमा निर्माण पक्षले बुधबार प्रिमियर शोको आयोजना गरेको हो ।

निर्माण पक्षका अनुसार विभिन्न क्षेत्रका करिब डेढ सयजनाले प्रिमियर शो हरेको थिए । उनीहरुसँगै बसेर फिल्मका शीर्ष कलाकारहरू शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारीलगायतले फिल्म हेरेका हुन् ।

नायक कर्मा शाक्यले फिल्मले गहन विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्मको विषयले मन छोयो ।’

अभिनेत्री सृष्टि श्रेष्ठले यस फिल्मले बलात्कारविरुद्धमा सरकारलाई घच्घचाउन सफल हुने विश्वास व्यक्त गरिन् । त्यसै, कलाकार लुनिभा तुलाधरले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् ।

प्रिमियरमा गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, निर्देशक सौरभ चौधरीलगायत उपस्थित थिए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मको निर्माण पक्षले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : १६ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी