सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी शाहरुख, एघारौँ नम्बरमा कपिल « Khabarhub

सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी शाहरुख, एघारौँ नम्बरमा कपिल


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक शाहरुख खान आर्थिक वर्ष सन् २०२३/२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रिटी बनेका छन् । उनले सलमान खान र अमिताभ बच्चनभन्दा करोडौं बढी कर तिरेका छन् ।

भारतको आर्थिक न्युज पोर्टल फर्च्यून इन्डियाले जारी गरेको सूचीअनुसार धेरै कर बुझाउने सेलिब्रिटीमा फिल्मका कलाकारहरुले शीर्ष स्थान कब्जा गरेका छन् । एघार जनाको सूचीमा तीन क्रिकेटरबाहेक सबै फिल्म क्षेत्रका व्यक्तिहरू छन् ।

सूचीमा पछिल्लो समय सबैभन्दा बढी फिल्म खेल्ने नायक अक्षयकुमार भने छैनन् ।

९२ करोड भारु (भारतीय रुपैयाँ) कर भुक्तान गरेर शाहरुख सूचीको पहिलो स्थानमा छन् । उनले सलमानको भन्दा १७ करोड बढी कर भुक्तान गरेका छन् ।

७५ करोड कर बुझाउने सलमान यो सूचीको तेस्रो स्थानमा छन् । उनलाई दक्षिण भारतीय नायक दलपति विजय र शाहरुखले उछिनेका हुन् । दोस्रो स्थानमा कब्जा गर्न सफल विजयले भारु ८० करोड कर भुक्तान गरेका हुन् ।

त्यस्तै, अमिताभ बच्चनले ७१ करोड कर बुझाएका छन् । उनी यो सूचीको चौथो स्थानमा छन् ।

धेरै कर तिर्ने सेलिब्रिटीको पाँचौ, सातौं र न‌औं स्थान भने भारतीय क्रिकेट खेलाडी छन् । पाँचौँ स्थानका विराट कोहलीले ६६ करोड कर बुझाएका छन् ।

सातौँ स्थानमा रहेका महेन्द्रसिंह धोनीले ३८ करोड र नऔंमा सचिन तेन्दुलकरले २८ करोड भारु कर भुक्तान गरेका छन् ।

४२ करोड कर बुझाएका अजय देवगन छैटौं स्थानमा छन् । त्यस्तै, रणवीर कपुरले ३६ करोड कर बुझाएर आठौं स्थानमा छन् ।

दशौं स्थानमा रहेका ऋतिक रोशनले २८ करोड कर बुझाएका छन् । यो सूचीको अन्तिम अर्थात एघारौं स्थानमा कपिल शर्मा छन् । उनले २६ करोड कर भुक्तान गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ०९ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने