मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ? « Khabarhub

मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ?


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा‍‍. मिनेन्द्र रिजालले समानुपातिक सूचीमा समावेश हुने व्यक्तिहरूको बारेमा पार्टीले उचित क्लस्टर तयार गर्नुपर्ने बताएका छन् । 

बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास, शासकीय प्रभाव विषयमा बोल्दै नेपाली कांग्रेसका पूर्व सांसद रिजालले समानुपातिकको सूचीमा अवसर पाएका खस आर्यलाई नै ठूला दलले समावेश गरेको स्पष्ट पारे । 

उनले भने, ‘मेरो जस्तो अनुहारलाई किन समानुपातिकमा ल्याउने अरूको उदाहरण नदिई मेरो दिएको हो । काठमाडौँमा घर भएका र  टन्न  सम्पत्ति भएका मान्छे समानुपातिकमा किन राख्ने यो विषयमा दलहरूले सोच्नुपर्छ । ’ 

उनले थ्रेसहोल्ड बढाएर सरकार स्थिर नहुने भन्दै थ्रेसहोल्ड बढाउँदा साना दलहरू मारमा पर्ने कुरालाई समेत ध्यान दिन आग्रह गरे । 

उनले भने, ‘स्थिर सरकार दिनलाई दलहरूले बहुमत ल्याउनुपर्छ । थ्रेसहोल्ड बढाएर मात्र समस्या समाधान हुँदैन जस्तो लाग्छ ।’ 

उनले अगाडि भने, ‘सरकार बदलिएपछि मात्र अर्थतन्त्र खतरामा पर्छ अरू बेला थाहा हुन्न । मैले मेरै पार्टीका मान्छेको पनि कुरा गरेको हो । पार्टी सभापतिले चलाउने कि प्रधानमन्त्रीले चलाउने हो यो पनि बहसको विषय हो । यसमा पछि बहस गरौला ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : २९ बजे

अख्तियारको अनुसन्धानमा यी पाँच पूर्वमन्त्रीको के के थियो बदमासी ?

काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग

प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई भनिन्- निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिनुस्

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका

‘धुलोरहित सडक’ काठमाडौं महानगरको साढे दुई अर्ब लगानी 

काठमाडौं– काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र सुरु

गलकोट– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको