उपासनासँग सहकार्य गर्ने धिरजको इच्छा ‘खुस्मा’मा पूरा ! « Khabarhub

उपासनासँग सहकार्य गर्ने धिरजको इच्छा ‘खुस्मा’मा पूरा !


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धिरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुस्मा’ असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

धिरज र उपासनाको यो पहिलो सहकार्य हो । यसमा उनीहरू प्रेमी र प्रेमिकाको भूमिकामा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

छायांकनका  दैरान खिचिएका प्रेमिल तस्बिर उपासनाले समाजिक सञ्जालमा राखेपछि उनीहरुको प्रेम सम्बन्धको ‘गसिप’ले पनि चर्चामा छ ।

प्रेम प्रसंगको प्रश्नले लर्बराए पनि उपासनाले उक्त कुरा स्वीकार गरेकी छैनन् । यस विषयमा धिरज पनि मौन छन् ।

यो फिल्ममा धिरजभन्दा पहिला उपासना अनुबन्ध भएकी हुन् । आफैँले नायकको भूमिकामा धिरजलाई सिफारिस गरेको उपासना बताउँछिन् ।

यद्यपि उनकै सिफारिसले मात्रै धिरज फाइलन भएका होइनन् । निर्देशक एवम् लेखक अशोक थापा भन्छन्, ‘मैले धिरज र उपासनालाई सम्झेर फिल्म लेखेको हुँ । उपासनाले सोध्दा पनि धिरज ठीक हुन्छ भनेको थियो ।’

धिरज र उपासनाको साथमा निर्देशक अशोक थापा

धिरजलाई पनि उपासनासँग सहकार्य गर्न मन रहेछ । धिरजकाअनुसार ५ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी–३’ देखि हेरेपछि उपासनासँग सहकार्य गर्ने इच्छा पलाएको हो ।

भन्छन्, ‘कबड्डीमा देख्नेबित्तिकै मलाई ऊसँग क्षमता छ भन्ने लागेको थियो । पछि कुनै प्रोजेक्ट गरियो भने ऊसँग मेरो जोडी मिल्छ होला भन्ने लागेको थियो ।’

खुस्माबाट धिरज र उपासनाको एकअर्कोबीच सहकार्य गर्ने इच्छा सफल भएको छ । यो रिल जोडीलाई दर्शकले कत्तिको मन पराउँछन् ? त्यो हेर्न भने असोज ३ गते कुर्नुपर्नेछ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ५ : २२ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो