बङ्गलादेशका निर्वाचन प्रमुखले दिए राजीनामा « Khabarhub

बङ्गलादेशका निर्वाचन प्रमुखले दिए राजीनामा


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशका निर्वाचन प्रमुख काजी हबिबुल अवालले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए ।

उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनःनिर्वाचित भएका थिए। हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भागेकी थिइन् । 

 अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर राजीनामा दिए । 

उनीहरू केन्द्रीय बैंकका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीरूमध्ये पछिल्लो हुन् । 

‘मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ’, अवालले पत्रकारहरूसँग भने । 

पाँच आयुक्तले जनवरीमा भएको निर्वाचनको अध्यक्षता गरेका थिए । निर्वाचनले हसिनालाई लगातार चौथो पटकको कार्यकाल र उनको अवामी लिग पार्टी र सहयोगीहरूलाई सिटहरूमा करिब एकाधिकारको ग्यारेन्टी दिएको थियो ।

कम मतदानका कारण निर्वाचन प्रभावित भएको थियो र मुख्य विपक्षी बङ्गलादेश नसनलिस्ट पार्टी (बिएनपी) ले हजारौँ सदस्य पक्राउ परेकाले निर्वाचन बहिष्कार गरेको थियो । 

अधिकार समूहहरू र पश्चिमी सरकारहरूले मतदानलाई अस्वाभाविक र अनुचित भन्दै आलोचना गरेका थिए । तर अवालले हसिनाप्रति वास्तविक राजनीतिक विरोधको कमी हुनु नै मतदान इमान्दारीका साथ भएको बताए । 

‘मुख्य विपक्षी दल बिएनपी र समान विचारधाराका दलहरू निर्वाचनमा सहभागी भएनन्’, उनले भने , ‘यो एक दलीय निर्वाचन भएकाले निर्वाचनलाई प्रभावित गर्नुपर्ने कुनै आवश्यकता थिएन ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : २३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल