घन्किनै छाडे तीजमा मादल « Khabarhub

घन्किनै छाडे तीजमा मादल


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ की कुष्मा रोकाया मादल बजाउनमा सिपालु छिन् । तीजमा रमाइलो गर्दा वा देउसीभैलो खेल्दा उनको जिम्मा मादल बजाउने र गीत गाउने हुन्थ्यो ।

तीजको बेलामा सबै जम्मा भएर मादल बजाउँदै नाचगान गरेको उनलाई सम्झना आउँछ । तीज आउनभन्दा महिनादिन अघिदेखि नै महिला जम्मा भएर रमाइलो गरेको सम्झँदै उनले भनिन् , “अब पहिलेको जस्तो तीजको त्यो रौनक नै हरायो ।”

धान रोपेर सकिने बित्तिकै तीजका भाकामा नाच्ने गरेको घोडाघोडी–८ की ६५ वर्षीय तिलादेवी विष्टलाई पनि सम्झना छ । “साउन महिनादेखि नै मादलसँगै तीजका भाका गुञ्जन थाल्दथे”, विष्ट भनिन्, “अब त तीज आयो गयो केही थाहा हुँदैन ।” पछिल्लो समय तीज मनाउने शैली परिवर्तन हुँदै गएको उनको बुझाइ छ ।

मौलिक तीजका भाकाहरु हराउँदै गएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष घनश्याम ओझा बताउँछन् । “तीज आउनलाग्दा गाउँघरमा मादल बज्न सुरु हुन्थे”, ओझाले भने, “अहिले डिजेहरू बजेका हुन्छन् मादलका भाका त सुन्न नै पाइँदैन ।” हराउँदै गएका चाडपर्वका मौलिकताहरूलाई जोगाउनु सबैको दायित्व रहेको बताउँदै उनले भने ।

चाडपर्वको मौलिकता हराएसँगै यसको प्रत्यक्ष असर व्यवसायीहरुमा परेको छ । डिजेका कारण व्यवसायमा असर पुगेको लम्कीचुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादीले बताए । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो”, उनले भने, “मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले तीज आइसक्यो एउटा पनि मादल बेचेको छैन ।”

उनले भने, “डिजेले मादल लोप भइसकेको छ जस्ले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।” तीजको मौलिकतालाई जोगाउनका लागि केही प्रयासहरू पनि भइरहेका छन् ।

केही दिनअघि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताइन् । “तीजको मौलिकता हराउँदै गएको छ”,उनले भनिन्, “सुखदुःख साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ, यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हौँ ।”

घोडाघोडी उद्योग वाणिज्य सङ्घले पनि तीजका अवसरमा मौलिक भाकामा तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । हराउँदै गएको तीजका पुराना भाकाहरुलाई जोगाउनका लागि प्रतियोगिता आयोजना गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए । आउँदो २२ गते प्रतियोगिताको आयोजना गरेको बताउँदै उनले भने, “हाम्रो मौलिकतालाई जोगाउनु सबैको दायित्व हो ।”

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ३७ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको