पाण्डेलाई मरणोपरान्त ‘टुरिजम लाइफटाइम अचिभमेन्ट’ अवार्ड « Khabarhub

पाण्डेलाई मरणोपरान्त ‘टुरिजम लाइफटाइम अचिभमेन्ट’ अवार्ड


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपी प्रसाई ‘टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४’ प्रदान गरिएको छ ।

पिपी प्रसाई फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड काठमाडौँमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाण्डेका छोरा प्रवीण पाण्डेले प्रदान गरे।

होटल सङ्घ नेपालका पूर्वअध्यक्ष तथा साङ्ग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए ।

त्यसैगरी, फाउन्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरिएको छ ।

जसमा कोशी प्रदेशबाट, श्री फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट श्री जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १० : ३६ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको