नेपाली सेनाद्वारा विपद् प्रतिकार्यसम्बन्धी सचेतना « Khabarhub

नेपाली सेनाद्वारा विपद् प्रतिकार्यसम्बन्धी सचेतना


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली सेनाको कालीभञ्जन गण (इ)ले व्यास नगरपालिकाका जनप्रतिनिधिलाई आज सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ ।

व्यास नगरपालिका–५ चापाघाटस्थित गणले नगरपालिकाका १४ वटा वडाका जनप्रतिनिधिलाई विपद् प्रतिकार्यसम्बन्धी सचेतना प्रदान गरेको हो ।

समुदायमा हुने विपद्का घटना न्यूनीकरणका लागि गर्नुपर्ने कामबारे जानकारी दिन गणले सचेतनामूलक कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए । त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।

विपद् प्रतिकार्यका लागि उद्धारमा खटिने पहिलो उद्धारकर्ता समुदायका व्यक्ति भएकाले प्रतिकार्यसम्बन्धी सचेतना दिइएको गणले जनाएको छ । त्यसक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १० : ५८ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ