आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर ५ तारिख । असोज शुक्ल पक्षको तृतीया तिथि । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आरधना गरिन्छ । आज विश्व शिक्षक दिवस । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज यात्रामा समस्या हुनसक्छ । विशेष कामबाहेकको यात्रा स्थगित गर्नु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । न्यायिक क्षेत्रमा तपाईंको विजयी हुनुहुनेछ ।

वृष : तपाईंका शब्दले साथीको मन दुख्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । निजी क्षेत्रको लगानीले फाइदा हुनेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा भने रमाइलो हुनेछ ।

मिथुन : आजको तपाईंको दिन सहज छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । पुराना साथीसँगको भेटले मन शान्त होला । परिवारमा मेलमिलाप र शान्ति मिल्नेछ ।

कर्कट : दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । परिवारसँग रमाइलो यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

सिंह : दाजुभाइसँग भेट हुने योग छ । धनस्थानमा सूर्य र बुध शक्तिशाली ग्रह भएकाले गुमेको धन हात लाग्नेछ । परिवारको मर्म नबुझ्नाले खटपटी हुनेछ । साथीसँग सचेत भएर बोल्नुपर्ने दिन छ ।

कन्या : साथीसबै विपक्षी कित्तामा गएका छन् । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याबाट मुक्ति मिल्नेछ । राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ ।

तुला : चन्द्रमा र शुक्रले तपाईंको राशिमा भ्रमण गरेकाले तपाईंकाको बोलीको प्रभाव बढ्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नेछ । सामाजिक काममा झुकाब रहनाले परिवारमा खटपटी हुनसक्छ । प्रेम सम्बन्धमा समस्या हुनेछ । अन्य क्षेत्रमा भने सोचेको काम बन्नेछ।

वृश्चिक : तपाईंको उच्च कोणमा वृहस्पति बसेकाले सोचेका काम बन्नेछन् । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

धनु : भाग्यको स्थानमा शुभग्रह छन् । दिन राम्रो छ । नसोचेको ठाउँको यात्रा हुनेछ । साथीभाइ सबैले सहयोग गर्नेछन्। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन् । परिवारमा शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ ।

मकर : अचानक धन खर्च हुने जोखिम देखिन्छ । साथीभाइले साथ दिनेछन् । निजी शिक्षामा लगानी गरेको भए उन्नति हुनेछ । दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दक्षिणको लामो यात्रा गर्नु राम्रो हुनेछ । ठुला उद्योगमा हात नलगाएको राम्रो हुनेछ । बिहान शिवको भजन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीन : परिवारमा मेलमिलाप हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्ने दिन छ । निन्द्रा र आलस्यबाट बच्नुपर्ने छ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ०४ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर