दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। यूएईको अबुधाबीमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई १७४ रनले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको ३४४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रनमा सीमित भएको हो।
आयरल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा लिजार्ड विलियम्सले ५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए।

जोन फर्टुनले ५.३ ओभरमा ३६ रन खर्चेर २ तथा लुंगा एनगिडीले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। ओटेलन वर्तमानले किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए। एन्डेल फुलेल्काओले ४ ओभरमा १३ रन खर्चेर १ तथा वियाम मल्डरले १ विकेट लिए।

आयरल्यान्डका क्रेग यङ २१ बलमा २९ रन बनाउँदै अविजित रहे। गेभिन होयले २३ तथा ग्राम हुमले २१ रन जोडे।

आयरल्यान्डको पारीमा सबैभन्दा उत्कृष्ट साझेदारी १० औं विकेटका लागि भएको थियो। हुम र यङको बिचमा ५२ रनको साझेदारी भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ३४४ रन जोडेको हो। सो टोलीका लागि ट्रिस्टयन स्टब्सले अविजित रहँदै ११२ रन जोडे।

८१ बलको उनको पारीमा ८ चौका र ३ छक्का समावेश थियो। केल भेरियनले ६७ तथा मल्डरले ४३ रनको योगदान गरे। रेयन रिकल्टनले ४० रन जोडे भने कप्तान टेम्बा बमुभा ३५ रन बनाए।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ३४ बजे

धानबालीमा मरुवा रोगको समस्या

गोरखा– गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस.

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत