हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत « Khabarhub

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ। यसै वर्ष गाँठको समयमा कुनै अतिवादीले हिंसात्मक गतिविधि गर्न सक्ने भन्दै अमेरिकी गुप्तचर संस्था एफबिआई र त्यहाँको गृह मन्त्रालयले सचेत गराएको छ। हमासले गरेको आक्रमणको लगत्तै इजरायलले पनि सुरुमा प्यालेस्टाइनमा तथा त्यसपछि बेरुत आक्रमण गरेको छ। इरानले इजरायलमा मिसाइल प्रहार गरिसकेको छ।

अहिले अमेरिकी सहरमा प्रहरी गस्ती बढाइएको छ। यो बस्ती यहुदी र इस्लाम बस्ती भएको स्थानमा अझ धेरै छ। न्युयोर्क, लस एन्जलस सिकागो, मियामी र फिलाडेल्फियामा यसरी गस्ती गर्ने प्रहरीको सङ्ख्या बढाइएको छ। सबै राज्यका सुरक्षा निकायले कतै शङ्कास्पद गतिविधि देखेका सुरक्षाकर्मीलाई खबर गर्न भनी सकेको छ।

कुनै हिंसा नहोस् भन्नका खातिर अहिले मस्जिद र यहुदीको जमघट हुने स्थानमा सुरक्षा अवस्था कडा बनाइएको छ। यसैगरी आइतबार अस्ट्रेलियामा पनि प्यालेस्टाइनी समर्थकको प्रदर्शन हुनेभएको छ। सोही प्रदर्शनको क्रममा हिंसा हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा अवस्था मजबुत बनाएको छ। सिड्नीमा भने प्यालेस्टाइनी समर्थकले ७ अक्टोबरमा तय गरेको प्रदर्शन कार्यक्रम अहिलेलाई स्थगित गरेको छ। पछिल्लो समय मध्यपूर्वमा भइरहेको हिंसाको असर अस्ट्रेलियामा पनि देखिएको छ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएपछि गत साता उनको सम्झनामा पोस्टर बोकेर प्रदर्शन भएको थियो। अन्य युरोपेली देशमा ७ अक्टोबरका दिन सुरक्षा संयन्त्रलाई सावधान रहन सूचित गरेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : ०१ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप