भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक « Khabarhub

भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक तथा इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ वैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले शुक्रबार विमोचन गरेका थिए ।

कार्यक्रममा प्राध्यापक डा. बालकृष्ण माबोहाङ, प्राध्यापक डा. दिनेशराज पन्त, डा. कमल तिगेला र याकथुमहिमका अध्यक्ष प्रेम एकतेनले पुस्तकबारे चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले इङ्नामको किताबले लिम्बूका ३०० वर्ष पुराना राजनीतिक, सामाजिक, आर्थिक, चालचलन रीतिरिवाजका स्थितिहरूको व्याख्या गरेको बताए ।

लिम्बुहरूले परम्परागत रूपमा मान्दै आएको रीतिथितिका बारेमा बुझ्न ‘लिम्बुवानका ऐतिहासिक दस्ताबेजको संग्रह’ र ‘लिम्बुवानका अभिलेख संग्रह’ अत्यन्त महत्वपूर्ण रहेकाले यो पुस्तकलाई राज्यले नै एउटा सम्पत्तिको रूपमा ग्रहण गर्ने दाबी गरेका थिए ।

दुईतीन सय वर्ष पुरानो लुकाइएका कागजहरू मागेर दस्ताबेजको रूपमा लेख्नु सामान्य कुरा नभएको काइँलाको भनाइ छ । काइँलाले भने, ‘आफ्नो अभिलेख रीतिथिति र आफ्नो पूर्वअवस्थाको विषयमा म सम्पूर्णलाई पढिदिन आग्रह गर्दछु लिम्बुवानबासी र समग्र नेपालको भूगोल अध्ययन गर्ने व्यक्तिले पनि पढ्नुपर्ने हुन्छ । यो किताब नपढी अपुरो होइन्छ । यो लिम्बू इतिहासको गहना हो ।’

यस्तै, प्राध्यापक डा. पन्तले पनि इङ्नामले दुईवटै पुस्तकमा नेपाल र नेपालीका लागि उपहार दिएको भन्दै यसलाई सम्पत्ति बनाउन आग्रह गरे ।  इतिहास भाषा र साहित्यका विद्यार्थीले किताबभित्र भएका विषयहरू आफ्ना रुचिअनुसार पढ्नुपर्ने औँल्याए ।

डाक्टर तिगेलाले लिम्बुवानका अभिलेख सङ्ग्रहमा लिम्बुवानका सुवाङ्गीप्रथा, किपणी प्रथा, लालमोहर, लालकिल्लालगायतका विषयहरू समेटेकाले यो पुस्तक निकै नै उपयोगी र इतिहासको महत्वपूर्ण दस्ताबेज रहेको बताए ।

यस्तै, डाक्टर बालकृष्ण मबोहाङले पनि पुस्तकले लिम्बुवानको राजकीय मामिला अध्ययन गर्न, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाको विषयमा खोजीनीति गर्न महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

पुस्तकका लेखक भगिराज इङ्नामले यो अभिलेख सङ्ग्रहमा ३८२ वटा दस्तावेज सङ्ग्रहित रहेको बताए । लेखक इङ्नाम भन्छन् ‘यो नै पूर्ण रूपमा सबै दस्ताबेज सङ्ग्रह गरिएको पुस्तक भनेर म दाबी गर्न सक्दिनँ । अझै पनि मैले खोजीनीति गर्दा केही सङ्ग्रह र दस्ताबेज फेला परेका छन् । तर धेरै कोसिस गरेँ पाइनँ । म यहाँहरूलाई पनि खोज्न आग्रह गर्छु ।’

उनले ती दस्ताबेज अरूले पनि खोजीनीति गरेर सङ्ग्रहित गर्न आग्रह गरे ।  इङ्नामकाअनुसार पुस्तकमा सकल स्याहामोहर, सकल लालमोहर, रुक्का शिलालेख, ताम्रपत्र र तिब्बती लिपिका अभिलेखहरू समेटिएको छ ।

इङ्नामले तेह्रथुम जिल्लाको सुवाङ्गीप्रथा २०८० मा सहलेखन गरेका थिए । यस्तै उनको लिम्बू जातिको इतिहास २०७५ मा प्रकाशन भएको थियो । उनको तेस्रो पुस्तक लिम्बुवानका ऐतिहासिक दस्ताबेज संग्रह– २०७७ ले भने मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ३४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान