चिनियाँ युद्धपोतद्वारा फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार « Khabarhub

चिनियाँ युद्धपोतद्वारा फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ ।

केही समयअघि चिनियाँ युद्धपोतले फिलिपिन्सको मत्स्य एवम् जलचर स्रोत ब्युरोको हवाईजहाजलाई लक्षित गरी लेजर प्रहार गरेको घटना बाहिरिएको छ ।

ब्युरोका अनुसार पश्चिम फिलिपिन्स सागरमा निरीक्षण अभियानमा खटिएको हवाईजहाजलाई लक्षित गरी चिनियाँ नौसेनाको युद्धपोतले तीन पटक सघन लेजर प्रहार गरेको थियो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिन्स सागर भन्ने गरेको छ ।

फिलिपिन्स डेली इनक्वायररका अनुसार घटना हासाहासा शोल नजिकै भएको हो । चिनियाँ तटरक्षक बलको युद्धपोत र नौसेनाको टाइप २२ होउबेइ क्लास युद्धपोतले ब्युरोका दुई पानीजहाजलाई लखेटेको थियो ।

त्यसको निरीक्षणका लागि खटिएको ब्युरोको सेस्ना हवाईजहाजलाई लक्षित गरी चिनियाँ नौसेनाका युद्धपोतले लेजर प्रहार गरेको इनक्वायररले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ५६ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे