पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु « Khabarhub

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा लडाकुको आक्रमणमा परी यो वर्ष ज्यान गुमाउने प्रहरीको सङ्ख्या एकसयभन्दा धेरै रहेको पाइएको छ । प्रान्तमा लडाकुले यो वर्ष २ सय ३० भन्दा धेरै आक्रमण गरेका छन् ।

यो वर्ष प्रान्तमा विभिन्न किसिमका ४ सय ९२ वटा लडाकु गतिविधि भएको खैबर पख्तुनख्वाको प्रतिआतङ्कवाद विभागले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।

विभागको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार प्रान्तको दक्षिणी जिल्लाहरूमा लडाकुका गतिविधि धेरै देखिएको छ ।

यस वर्ष विभागको कारवाहीमा परी १४ जना मोस्ट वान्टेड लडाकु मारिएका छन् । कारवाहीमा परी मृत्यु हुने लडाकुमा ८ जना वरिष्ठ कमाण्डर पनि रहेको ट्रिब्युनले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : ४० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ