बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण « Khabarhub

बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमाले कोशी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

शनिबार विराटनगरमा पूर्वमुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राइ नेतृत्वको एमाले टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरूलाई राहत, घाइतेहरूको निशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो । 

यसैगरी भौतिक पूर्वाधार, खानेपानी र सञ्चार क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल र दीर्घकालीन रुपमा पुनर्निर्माणका लागि छुट्टै विशेष पुनर्निर्माण प्राधिकरण स्थापना गर्न आग्रह गरेको छ ।

पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रति अनास्था बढिरहेको बेला विपद् पीडितहरूलाई राहत र क्षतिपूर्ति तथा विपदमा भएको भौतिक क्षतिको पुनर्निर्माण गरी प्रदेश सरकारको आवश्यकता र औचित्यता साबित गर्न सकिने बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिसकेकोसङ्घीय सरकारसँगको समन्वयमा पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारको अनुभूति दिलाउने गरी आफूहरूले पुनर्निर्माण कार्यको लागि समन्वय गरिरहेको पनि बताए ।

ध्यानाकर्षण पत्रमा कोशी प्रदेशमा २२ जनाको मृत्यु, ५ जना बेपत्ता र एक जना घाइते भएको तथ्यांक एमाले कोशीले बुझाएको छ । यसैगरी सडक, खानेपानी, बिजुली, सञ्चार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण पनि बुझाएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ३० बजे

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको