बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण « Khabarhub

बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

शनिबार विराटनगरमा पूर्वमुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राइ नेतृत्वको एमाले टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरूलाई राहत, घाइतेहरूको निशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो । 

यसैगरी भौतिक पूर्वाधार, खानेपानी र सञ्चार क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल र दीर्घकालीन रुपमा पुनर्निर्माणका लागि छुट्टै विशेष पुनर्निर्माण प्राधिकरण स्थापना गर्न आग्रह गरेको छ ।

पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रति अनास्था बढिरहेको बेला विपद् पीडितहरूलाई राहत र क्षतिपूर्ति तथा विपदमा भएको भौतिक क्षतिको पुनर्निर्माण गरी प्रदेश सरकारको आवश्यकता र औचित्यता साबित गर्न सकिने बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिसकेको र सङ्घीय सरकारसँगको समन्वयमा पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारको अनुभूति दिलाउने गरी आफूहरूले पुनर्निर्माण कार्यको लागि समन्वय गरिरहेको पनि बताए ।

ध्यानाकर्षण पत्रमा कोशी प्रदेशमा २२ जनाको मृत्यु, ५ जना बेपत्ता र एक जना घाइते भएको तथ्यांक एमाले कोशीले बुझाएको छ । यसैगरी सडक, खानेपानी, बिजुली, सञ्चार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण पनि बुझाएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ३० बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको