शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला « Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा गर्भवती हात्ती मृत फेला परेको हो ।

शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जङ्गलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ५६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले