युक्रेनको अर्को गाउँ कब्जा गरेको रूसको दाबी | Khabarhub Khabarhub

युक्रेनको अर्को गाउँ कब्जा गरेको रूसको दाबी


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ ।

रूसी सेनाले युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई ‘स्वतन्त्र’ बनाएको रक्षा मन्त्रालयले जनाएको हो । रुसी सेनाको खतरामा रहेको  पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्वपूर्ण केन्द्र हो । 

गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन्  भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेजकुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना  सर्वसाधारणलाई घाइते बनाएको बताएका छन् । यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राममार्फत जानकारी गराए । 

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको श्रृङ्खलाबद्ध आक्रमणपछि, रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडि बढाइ रहेको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ५८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका